छायाँकनमा कस्मिक लभ

काठमाडौं,
आषाढ २१ ।

चलचित्र कस्मिक लभको यतिवेला छायाँकन भइरहेको छ । मुभी मेकर्सको ब्यानरमा बन्दै गरेको चलचित्र ‘कस्मिक लभ’ को छायांकन धमाधम भइरहेको छ । निर्माण टीमले केहि समय अघि मात्रै काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको आधिकारिक घोषणा सहित छयाँकन सुरु गरेको हो ।

अहिले चलचित्रको ललितपुर स्थीत बज्रबाराहीमा छयाँकन भइरहेको छ। यसै बीच निर्माण टीमले छायाँकन सेटका केहि तस्बिर समेत सार्वजनिक गरेको छ । जसमा यसै नयाँ कलाकारहरु पुजन थापा तथा रिजन थापा देखिएका छन् ।

रोमान्टिक कमेडी जनरामा निर्माण भइरहेको यो चलचित्रका निर्माता जय गौतम हुन भने कार्यकारी निर्माताका रुपमा डी.एन. दाहाल छन् । साथै बी.एस. बलामी तथा एस. अधिकारी निर्देशक रहेका छन् ।

सुरज प्रधानको प्रस्तुती रहेको चलचित्रमा पहिलो पटक अर्पण थापा, प्रशान्त ताम्राकार, रोबिन तामाङ तथा नायिका दिया मास्केलाई एकै साथ देख्न सकिने छ । यसका साथै नवनायक तथा नायिकाको रुपमा रिजन थापा तथा पुजन थापाले यसै चलचित्रबाट डेब्यु गर्दैछन् ।

‘कस्मिक लभ’मा सुरेश बझ्रचार्यको छायाँकन, शेखर ज्ञवालीको लेखन तथा संगीत बाबुल गिरीको तथा बाबु साहेबको एक्सन छ । कबिरराज गहतराज तथा रामजी लामिछानेले गीतमा कोरियोग्राफी गर्नेछन् ।

‘कस्मिक लभ’लाई बिपिन मल्लले सम्पादन गर्नेछन् । चलचित्रमा राजाराम पौडेल, पुरन थापा, देब महर्जन तथा सागर खनाललगायतका कलाकारहरुको समेत अभिनय छ ।

यसमा तपाइको मत

अन्य समाचार