‘कस्तुरी’को अन्तिम चरणको छायाङ्कन

काठमाडौं,
मंसिर १२ ।

चलचित्र ‘कस्तुरी’को अन्तिम चरणको छायाङ्कन शुक्रबारबाट सुरु भएको छ । निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्रको बाँकी छायाङ्कन सुरु भएको निर्माण टिमले जानकारी दिएको छ । चलचित्रको ९० प्रतिशत छायाङ्कन सकिसकेको छ । प्रतिकुल परिस्थितिका कारण केही समय ढिला भएको चलचित्रको काम अब भने चुस्त गतिमा अघि बढ्ने निर्माण टिमको दाबी छ ।

ऋत बोहोराले निर्देशन गरेको चलचित्रमा वर्षा र निखिलसँगै शेखर चापागाईँ, निर्मल शर्मा, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बमजन, मिरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा, नेहा गौतमको अभिनय छ । चलचित्रमा गौरव पहारी र हेना नगरकोटी केमियो भूमिकामा देखिँदैहुनुहुन्छ ।

टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको चलचित्रको पटकथा बोहोराले नै लेख्नुभएको हो । चलचित्रको निर्माता धिरजकुमार अग्रवाल हुनुहुन्छ भने सह–निर्मातामा अञ्जली चौधरी रहनुभएको छ । छायाकार आलोक शुक्ला हुनुहुन्छ भने सहायक निर्देशकमा ललित विष्ट रहनुभएको छ । सङ्गीत प्रशान्त सिवाकोटीको छ भने निर्माण व्यवस्थापन दिलीप पन्तले हेर्नुहुनेछ ।

यसमा तपाइको मत

अन्य समाचार