काठमाडौं,
कात्तिक १६ ।
काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल दिउँसो साढे १२ सुरु हुनेछ ।
यसपछि साँझ ५ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबिच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित काठमाडौं आज पहिलो जित हासिल गर्ने दाउमा हुनेछ । उता कर्णाली याक्स भने तेस्रो जित दर्ता गर्ने रणनीतितमा हुनेछ ।
यसअघि कर्णालीले दुवै खेल जितेको छ । उसले जनकपुर बोल्ट्स र विराटनगर किंग्सलाई हराएको हो ।






