हेटौँडा,
कात्तिक ११ ।
नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्य तथा युवा समाजसेवी शैलेन्द्रराज बानियाँले हेटौँडा उपमहानगरपालिका-१८ स्थित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई एक थान टेलिभिजन सहयोग गर्नुभएको छ ।
ज्येष्ठ नागरिकको दिनचर्यालाई सहज, मनोरञ्जनपूर्ण तथा ज्ञानवर्धक बनाउने उद्देश्यले बानियाँले सेवा केन्द्रलाई टेलिभिजन प्रदान गर्नुभएको हो ।
टेलिभिजन प्राप्त भएपछि केन्द्रमा रहेका ज्येष्ठ नागरिकले विभिन्न सूचना, मनोरञ्जन तथा ज्ञानवर्धक कार्यक्रम हेर्न पाउने अपेक्षा गरिएको छ ।
टेलिभिजन हस्तान्तरण कार्यक्रममा ज्येष्ठ नागरिक बा–आमाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेस हेटौँडा-१८ वडा कार्यसमितिका सभापति लालबहादुर जिम्बाको सभापतित्व तथा नेपाली कांग्रेस बागमती प्रदेश सदस्य पुरुषोत्तम ठकुरीको प्रमुख आतिथ्यता रहेको थियो ।
समाजसेवामा साना तर अर्थपूर्ण सहयोगले पनि समुदायमा सकारात्मक प्रभाव पार्न सक्ने सन्देशसहित बानियाँले ज्येष्ठ नागरिकको सहजता र मनोरञ्जनलाई ध्यानमा राख्दै उक्त सहयोग गर्नुभएको हो ।






