काठमाडौं,
असोज १८ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । आजदेखि सुरु हुने १५औँ राष्ट्रिय महाधिवेशन यही असोज २२ गतेसम्म चल्नेछ । महाधिवेशनका लागि देशभर र जनसम्पर्क समितिमार्फत सात हजारभन्दा बढी प्रतिनिधिले भाग लिँदैछन् ।
खुलामञ्चमा महाधिवेशनको उद्घाटन हुँदैछ । उद्घाटन कार्यक्रममा विभिन्न देशका प्रतिनिधि, राजनीतिक दलका शीर्ष नेता तथा विभिन्न संघ संस्थाका प्रतिनिधि सहभागी हुने पार्टीले जनाएको छ ।





