काठमाडौं,
असोज ११ ।
रिया खत्री र क्रिश क्षेत्रीको स्वरमा रहेको गीत ‘युके शहर’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिएको गीत रियाको आधिकारिक युट्युब च्यानलमार्फत दर्शक तथा श्रोतामाझ ल्याइएको हो ।
क्रिशकै शब्द रचना एवं संगीत रहेको गीतमा खेमराज गौतमको संगीत संयोजन र कुमार सानु पुनको मिक्सिङ तथा माष्टरिङ छ । तिलक ठकुरी क्षेत्रीको निर्दैशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा क्रिस र रियालाई नै फिचरिङ गरिएको छ ।
करिब तीन वर्षदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रियाले यस अवधिमा तीनवटा एल्बम सार्वजनिक गर्नुका साथै दर्जनौँ गीतमा स्वर र विभिन्न म्युजिक भिडियोमा अभिनय गरिसक्नुभएको छ ।






