विराटनगरबाट ‘द राइज अफ साम्राज्य’

विराटनगर,
असोज ७ ।

निर्देशक सौरभ चौधरीको चलचित्र ‘द राइज अफ साम्राज्य’को छायांकन सुरु भएको छ । मंगलबार विराटनगरमा शुभमुहूर्त गर्दै ‘द राइज अफ साम्राज्य’को छायांकन आरम्भ गरिएको हो ।

एपिक एक्सन ड्रामाका रूपमा निर्माण हुने चलचित्रको छायांकनका लागि ७० दिनको तालिका तय गरिएको छ । चलचित्रको अधिकांश छायांकन पूर्वी नेपालका विभिन्न स्थानमा गरिनेछ ।

चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली, सुशील श्रेष्ठ र अमरप्रताप श्रेष्ठ प्रमुख भूमिकामा देखिँदैहुनुहुन्छ । चलचित्रमा अभिनेता सौगातको २५ वर्षको जवानदेखि ८० वर्षको वृद्धसम्मको जीवनलाई प्रस्तुत गरिनेछ ।

चलचित्रको कथा तथा पटकथा उपन्यासकार बुद्धिसागरले लेख्नुभएको हो । चलचित्र डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुनेछ । प्रवेश चौधरी र निला देव निर्माता रहेको चलचित्रमा विश्वास बस्नेत (बेन)को–प्रोडुसर तथा शंकर पाण्डे कार्यकारी निर्माता हुनुहुन्छ ।

मानकृष्ण महर्जन डीओपी र श्री श्रेष्ठ एक्सन निर्देशकमा हुनुहुन्छ । डिजिटल पार्टनर ओएसआर डिजिटल, पब्लिसिटीमा टौवा स्टुडियो तथा वितरक डिसीएन रहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार