जनमतको केन्द्रीय सचिवमा संगीतकार सहनीको उम्मेदवारी

काठमाडौं,
असोज १ ।

जनमत पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा संगीतकार सन्तोष राज सहनीले पार्टीको केन्द्रीय सचिव पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।

आगामी असोज १० गते वीरगन्जमा हुने पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनमा सहनीले सचिव पदमा चुनाव लड्ने तयारी गरेका हुन् । पार्टीभित्रको छलफल र आन्तरिक तयारीपछि उनले उम्मेदवारी दिने मनस्थिति बनाएको बताइएको छ ।

सहनी हाल जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा सांस्कृतिक जनमत संघका केन्द्रीय संयोजक छन् । सांस्कृतिक गतिविधिमार्फत पार्टीको विचार तथा कार्यक्रम जनस्तरसम्म पुर्‍याउने उद्देश्यले सक्रिय रहँदै आएका उनी नेपाली, हिन्दी तथा भोजपुरी भाषाका संगीतकार, गीतकार र गायकसमेत हुन् ।

सहनीले पार्टीका युवापंक्तिबाट आफूलाई समर्थन रहेको दाबी गर्दै सचिव पदमा विजयी हुने विश्वास व्यक्त गरेका छन् । महाधिवेशनले पार्टीको नयाँ नेतृत्व तथा केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।

यसमा तपाइको मत

अन्य समाचार