‘चंगुल’को मुनाफाको हिस्सा घाइते जेनजीलाई

काठमाडौं,
भदौ २२ ।

आगामी असोज १६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘चंगुल’ले घाइते जेनजीहरूलाई सहयोग गर्ने भएको छ । चलचित्रको निर्माण कम्पनी रि एण्ड कि फिल्मस र घाइते जेनजी नेपालबीच चलचित्र प्रदर्शनपछिको मुनाफाको केही हिस्सा घाइते जेनजीलाई सहयोग गर्ने विषयमा सहकार्य भएको हो ।

चलचित्र निर्माण कम्पनीले चलचित्र रिलिजपछि प्राप्त हुने मुनाफाको केही हिस्सा घाइते जेनजीहरूको सहयोगार्थ उपलब्ध गराउने प्रस्ताव गरेपछि उक्त प्रस्तावलाई स्वीकार गरिएको घाइते जेनजी नेपालका अध्यक्ष बादल राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जेनजी आन्दोलनअघि र आन्दोलनपछिको अवस्थालाई कथावस्तुका रूपमा प्रस्तुत गरिएको चलचित्र ‘चंगुल’ मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार भएको हो । चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल, रोहित ढुंगाना र बालकलाकार रिम्शा कार्कीको अभिनय छ ।

चलचित्रका गीतमा विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीको संगीत छ । त्यस्तै, देव महर्जनले द्वन्द्व निर्देशन गर्नुभएको छ भने दीपेन बस्न्यातले छायांकन तथा सम्पादनको जिम्मेवारी सम्हाल्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार