‘कंगाल करोडपतिको ५१ हजार रुपैंयाँ सहयोग

काठमाडौं,
भदौ २० ।

राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘कंगाल करोडपति’को शुक्रबार काठमाडौंको कमलादीस्थित गणेशस्थानमा शुभमुहूर्त गरिएको छ । प्रविण आचार्यको प्रस्तुतिमा निर्माण हुने यस चलचित्रमा मुकुन भुसाल, मन्जिल कुमार, सलिना तामाङ, रक्षा थापा, हिउँवाला गौतम, चन्द्रवीर सिंह, अनिल बुढाथोकी, रेयर राई, प्राप्ति श्रेष्ठलगायत कलाकारको अभिनय रहनेछ । सामाजिक तथा पारिवारिक कथामा आधारित चलचित्र यही भदौ २९ गतेदेखि छायांकनमा जाने तयारीमा छ ।

अनिलकुमार बुढाथोकी निर्माता रहेको चलचित्रमा अश्विन बराल, दिपेश तिरूवा र प्रविण राई सह-निर्माता हुनुहुन्छ । कथा रामकृष्ण बजगाईं तथा पटकथा-संवाद चानस पुन मगरको रहेको चलचित्र सिनेमा पाठशाला प्रा.लि.को ब्यानरमा निर्माण हुनेछ ।

मुहूर्तअघि निर्माण टोलीले हालैको बाढीपहिरोमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको थियो । साथै, बाढीपहिरो पीडितको सहयोगार्थ ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार