काठमाडौं,
भदौ २० ।
रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि अभिनेत्री प्रियना आचार्य ‘मुन्नी’ राहत सामग्रीसहित नुवाकोट र रसुवा पुग्नुभएको छ । उहाँले आफ्नै व्यक्तिगत पहलमा पाँच गाडी राहत सामग्री प्रभावित क्षेत्रमा पुग्नुभएको हो ।
बाढीपीडितका लागि आवश्यक खाद्यान्नलगायत सामग्री जुटाएर त्यहाँ लगिएको उहाँले बताउनुभयो । चलचित्र ‘कार्की साइँला’को प्रचारप्रसारको समय भए पनि अहिले मानवीय सहायता नै प्राथमिकतामा राखेको उहाँको भनाइ छ । राजेन्द्र बस्नेत निर्देशित चलचित्र ‘कार्की साइँला’ आगामी असोज २ गतेदेखि प्रदर्शन हुँदैछ ।
चलचित्रमा जितु नेपाल र प्रियना आचार्यको मुख्य भूमिका छ । डम्बर राईको कथामा बनेको चलचित्रको पटकथा तथा संवाद शंकर धिताल र सबिन अधिकारीले तयार पार्नुभएको हो । बालकुमार राई र निर्भिक बञ्जारा निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता अनन्त राई हुनुहुन्छ ।







