‘तिम्रो याद’ लिएर आए थुमन (भिडियोसहित)

काठमाडौं,
भदौ १ ।

थुमन शर्माको स्वरमा रहेको गीत ‘तिम्रो याद’ सार्वजनिक गरिएको छ । प्रेम, सम्झना र विछोडका भावनालाई समेटिएको गीतको भिडियो गायक शर्माको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा शर्माकै शब्द तथा शिवराज गौतमको संगीत छ । रुवीन मगरले गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ गर्नुभएको छ ।

 

प्रेमकथामा आधारित भिडियोको निर्देशन पनि शिवराज गौतमले गर्नुभएको हो । भिडियोमा रोजन सुन्दास र सुनिता कालिकोटेको मुख्य अभिनय छ । रीता रणपैलीको मेकअप, जोन किरातीको छायांकन तथा पदम सुबेदीको सम्पादन र कलरिङ रहेको भिडियोमा प्रेम र विछोडका भावनालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार