काठमाडौं,
साउन २५ ।
पुनम बस्यालको स्वरमा रहेको तीज गीत ‘बाबाको पियारी छोरी’ सार्वजनिक गरिएको छ । पुनमकै शब्द एवम् संगीत, सुन्दर लामाको एरेन्ज र खेम थापाको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
कमान सिंह दोङ तामाङको निर्देशन रहेको गीतको भिडियोमा लोकप्रिय हास्य कलाकार सुरवीर पण्डित ‘दारी बा’सहित यशु भट्टराई, सृजना तामाङ, आराध्या, हुमा भण्डारी र देवी हमालको अभिनय छ । हरिश महराले छायांकन गरेको भिडियो नवीन घर्ती मगरको सम्पादन तथा कलर छ ।
‘बाबाकी पियारी छोरी’मा नेपाली समाजको मौलिक संस्कृति, तीज पर्वको महत्व तथा बाबु-छोरीबीचको आत्मीय सम्बन्धलाई ठेट नेपाली शब्द र भावनामार्फत प्रस्तुत गरिएको छ । विशेषगरी माइतीघर, बालापन र तीजसँग जोडिएका पुराना सम्झनालाई गीतले भावनात्मक रूपमा समेटेको छ । गीतको भिडियो पुनम बस्यालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।







