पाँचौं संस्करणको म्युजिक खबर तीज म्युजिक अवार्ड हुने

काठमाडौं,
साउन २१ ।

पाँचौं संस्करणको म्युजिक खबर तीज म्युजिक अवार्ड हुने भएको छ । तीजको अवसर पारेर ‘तीज फेस्टिबल एवं पाँचौं म्युजिक खबर तीज म्युजिक अवार्ड-२०८३’को आयोजना हुने भएको हो । आगामी भदौं २० गते आयोजना हुने फेस्टिबलमा तीज पर्वलाई लक्षित गरेर बजारमा आएका व्यवसायिक प्रबद्र्धनलाई विशेष प्राथमिकतामा राखेर सांस्कृतिक महोत्सवका रुपमा प्रस्तुत गरिन लागिएको हो ।

विभिन्न किसिमका स्टलहरू राखेर तीज फेस्टिबललाई मनाइने र लोकप्रिय गायक गायिकाको साथमा तीज फेस्टिबलमा सांगीतिक प्रस्तुतिसमेत दिइने आयोजक संस्थाकी अध्यक्ष सबिता पाखरेलले बताउनुभयो ।

त्यस्तै, तीज फेस्टिबलकै अवसरमा आर्टिष्ट अफ नेपालको प्रस्तुतिमा विगत पाँच वर्षदेखि नियमित हुँदैआएको ‘म्युजिक खबर तीज म्युजिक अवार्ड’को पाँचौं संस्करणका लागि तीज गीत दर्ता गर्न सार्वजनिक रुपमा आव्हान गरिएको छ । शुभकामना मिडिया सोलुसनको आयोजनामा हुँदैआएको तीज अवार्डमा विभिन्न २२ विधाका स्रष्टा र सिर्जना यस अवार्डमा सहभागी हुन पाउने म्युजिक खबर तीज अवार्ड आयोजक समितिकी अध्यक्ष सबिता पोखरेलले जानकारी दिनुभयो । अवार्डमा विभिन्न २२ विधामा स्रष्टालाई अवार्ड प्रदान गरिने छ भने गीतसंगीत लगायत विभिन्न क्षेत्रमा योगदान पु¥याउने दिदीबहिनीहरुलाई ‘नारीरत्न सम्मान’द्वारा सम्मानित गरिनेछ ।

यो अवार्ड आगामी भदौ २१ गते गोंगबुस्थित बीजी बैंकटको हलमा सम्पन्न गरिनेछ । अवार्ड कार्यक्रमसँगै तीज फेस्टिबल मनाउँदै चेलीबेटीहरूलाई दर खुवाउने कार्यक्रमसमेत रहेको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

तीज अवार्डका लागि भाद्र १३ गते सम्म आफ्ना सिर्जना सहभागी गराउन पाउने प्रावधान रहेको छ । सहभागी हुनका लागि म्युजिक खबरको कार्यालय, सामाखुसीमा फाराम उपलब्ध छ । डिजिटल माध्यमबाट सहभागी हुनका लागि एभेन्टोज डटकम मार्फत् आफ्नो सिर्जनालाई सहभागी गराउन पाइनेछ ।

यसमा तपाइको मत

अन्य समाचार