नयाँ कमेडी शो ‘लुरे बुढा, भुँडे बुढी’ आउँदै

काठमाडौं,
साउन १ ।

हास्य कलाकार सुलेमान शंकर ‘इकु’ र स्नेहा कट्वालले नयाँ कमेडी शो ‘लुरे बुढा, भुँडे बुढी’ ल्याउने हुनुभएको छ । बिहीबार शोको प्रोमो सार्वजनिक गर्दै साउन ४ गतेदेखि हरेक सोमबार ‘नागरिक प्रेस’ युट्युब च्यानलमार्फत प्रसारण हुने जानकारी दिइएको हो ।

कलाकार इकुका अनुसार शोमा स्थापित सेलिब्रेटी तथा राजनीतिक र सामाजिक व्यक्तित्वलाई अतिथिका रूपमा आमन्त्रण गरी उनीहरूको बाल्यकाल, संघर्ष र जीवनका अनुभवलाई हास्य शैलीमा प्रस्तुत गरिनेछ । सार्वजनिक प्रोमोमा ‘बुढा’ र ‘बुढी’बीच कसको कथा पहिले सुनाउने भन्ने विषयमा रमाइलो प्रतिस्पर्धा देखाइएको छ ।

शोमा सुलेमान शंकर ‘इकु’ र स्नेहा कट्वाल मुख्य भूमिकामा रहनुहुने छ । दुवै कलाकार टेलिसिरियल तथा मनोरञ्जन क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार