‘लज्जावती’को पहिलो गीत ‘दिलको मोटर’

काठमाडौं,
साउन १ ।

यही साउन २९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लज्जावती’को पहिलो गीत ‘दिलको मोटर’ सार्वजनिक गरिएको छ । बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा सहिमा श्रेष्ठ र रवी ओडको स्वर रहेको छ भने भिडियोमा मुकुन भुसाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी र केशव रिजाल फिचर्ड हुनुहुन्छ ।

राजबहादुर साने निर्देशित यो चलचित्र आहा फिल्म्सको ब्यानरमा क्यानी मल्टिभिजन आईएनसीको सहकार्यमा निर्माण भएको हो । सौरभ ओली प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता कमलप्रसाद शर्मा र सन्दीप कुमार रोका हुनुहुन्छ भने दिनेश राज बुढाथोकी कार्यकारी निर्माता हुनुहुन्छ ।

चलचित्रमा धिरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । देशव्यापी रूपमा कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्ने ‘लज्जावती’ नेपालसँगै क्यानडामा पनि एकै मितिमा प्रदर्शन गर्ने तयारी गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार