काठमाडौं,
असार २८ ।
मानवता, स्वीकार्यता र निस्वार्थ प्रेमको भाव बोकेको गीतको भिडियो ‘मायाको मफलर’ सार्वजनिक गरिएको छ । सोलमन प्रोडक्सनको प्रस्तुतिमा तयार भएको भिडियोले साना-साना दयालु व्यवहारले पनि कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्ने सन्देश दिएको छ ।
अमृत शर्माको शब्द रचना, पुस्तक प्रसादको संगीत तथा दिनेश गौतमको स्वर रहेको गीतको भिडियोले मानिसलाई बाहिरी रूप, अवस्था वा परिस्थितिका आधारमा होइन, मानवताको दृष्टिकोणबाट हेर्न प्रेरित गर्ने प्रयास गरेको छ । साथै, प्रत्येक व्यक्तिले सम्मान, माया र स्वीकार्यता पाउनुपर्ने भावलाई मार्मिक रूपमा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ । गीतमा संगीत संयोजन एस.के. बच्चाको छ भने रेकर्डिङ तथा मिक्सिङ कुमार के.सी.ले फिल स्टुडियोमा गर्नुभएको हो ।
गीतको भिडियोको निर्देशन अशोक भुजेलले गर्नुभएको हो । मनिता सुन्दास र विनायक पन्तको कथामा आधारित भिडियोमा नवीन गुरुङको छायांकन, बूमा खत्रीको सम्पादन तथा कलर ग्रेडिङ छ । आर्चर पन्त कार्यकारी निर्माता रहनुभएको छ भने रोशनी कार्की विशेष भूमिकामा देखिनुभएको छ ।
भिडियोमा अशोक भुजेल, मनिता सुन्दास, आयुष आचार्य, विनायक पन्त, श्रीजना भुजेल, राज भुजेल, अभिषेक शाह, प्रतीक्षा भुसाल, विक्की शाह र बैजु बावराको अभिनय छ । सोलमन प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको ‘मायाको मफलर’को पोस्ट-प्रोडक्सन द डान्फेसले गरेको हो ।






