रास्वपा केन्द्रीय समिति बैठक चितवनमा

काठमाडौं,
असार ६ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक चितवनको भरतपुरमा आह्वान भएको छ । महाधिवेशनको तयारीसँगै रास्वपाले केन्द्रीय समिति बैठक आह्वान गरेको हो ।

महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार भरतपुरको होटल एमिटीमा दिउँसो १ बजे बस्ने बैठकमा महाधिवेशनलगायतका एजेन्डामा छलफल हुनेछ ।

बैठकमा राष्ट्रिय महाधिवेशन, महाधिवेशन प्रतिनिधि, प्रतिवेदन, विधान संशोधन प्रमुख एजेन्डा रहेको बताइएको छ । भोलि (आइतबार)देखि रास्वपाको राष्ट्रिय महाधिवेशन चितवनमा हुँदैछ ।

यसमा तपाइको मत

अन्य समाचार