एफएलएफ अवार्ड-२०२६ न्यूयोर्कमा हुने

काठमाडौं,
असार ५ ।

एफएलएफ अवार्ड-२०२६ अमेरिकाको न्यूयोर्कमा आयोजना हुनेभएको छ । अवार्डको तयारीका लागि आयोजक प्रमुख दिनेश लिङ्देन अमेरिका पुग्नुभएको छ । अवार्ड आयोजनाबारे जानकारी दिन न्यूयोर्कस्थित किरात चोकमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनमा यसवर्षको अगष्ट महिनामा एफएलएफ अवार्ड-२०२६ सम्पन्न गरिने जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा एफएलएफ अवार्ड-२०२६ का प्रमुख सल्लाहकार तथा नेपाल सरकारका पूर्वसद्भावना पर्यटनदूत केशवराम राई, नेपाल अमेरिका कलाकार संघकी अध्यक्ष वसन्ती राई, फिल्म निर्देशक किशोर सुब्बा तथा विश्व कीर्तिमानधारी पार्कर दिनेश सुनारलगायतको उपस्थिति थियो ।

उपस्थित वक्ताहरूले एफएलएफ अवार्डलाई भव्य, सभ्य र सफल रूपमा सम्पन्न गर्न व्यक्तिगत तथा संस्थागत रूपमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । आयोजक प्रमुख लिङ्देनले अवार्ड कार्यक्रमले नेपाली कला, साहित्य तथा सांस्कृतिक क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा थप प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै तयारीलाई तीव्र बनाइएको जानकारी दिनुभयो । एफएलएफ अवार्ड-२०२६ मार्फत विश्वभर रहेका नेपाली प्रतिभा, स्रष्टा तथा कलाकारहरूलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार