सुरज र विनुको स्वरमा ‘यसरी यसरी’ (भिडियोसहित)

काठमाडौं,
जेठ २८ ।

नेपाली गीतसंगीत क्षेत्रमा सक्रिय गायक तथा संगीतकार सुरज कालाखेतीको नयाँ गीत ‘यसरी यसरी’ सार्वजनिक गरिएको छ । चलचित्र तथा म्युजिक भिडियोका छायाँकार जीवन पराजुलीले निर्देशन गरेको भिडियो विनु अधिकारी युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

क्यानाडाका विभिन्न रमणीय तथा प्राकृतिक स्थलमा छायांकन गरिएको भिडियोले प्रेम, भावना र सम्बन्धका मधुर पक्षलाई कलात्मक ढंगले प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ । आकर्षक दृश्य संयोजन र रोमान्टिक कथावस्तुका कारण भिडियो दर्शकमाझ रुचाइएको बताइएको छ ।

गीतमा डीपी खनालको शब्द, सुरज कालाखेतीको संगीत तथा सुरज कालाखेती र विनु अधिकारी को स्वर छ । संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रोमन बज्राचार्यले गर्नुभएको हो भने रेकर्डिङ राज रेकर्डिङ स्टुडियोमा गरिएको छ । भिडियोमा विनु अधिकारी, रमन पराजुली, सुरज कालाखेती र नवीना श्रेष्ठको अभिनय छ । कलाकारहरूको स्वाभाविक अभिनय र क्यानाडाको प्राकृतिक सौन्दर्यले भिडियोको आकर्षण बढाएको निर्माण टिमको दाबी छ ।

भिडियोका छायाँकार उत्तम अर्याल हुनुहुन्छ । मेकअपमा अनिता ओली, कोरियोग्राफीमा मनोज बीके तथा सम्पादन र कलर ग्रेडिङमा राजेश कुमारको योगदान छ । लामो समयदेखि नेपाली चलचित्र तथा दर्जनौं म्युजिक भिडियोमा छायांकनको जिम्मेवारी सम्हाल्दै आउनुभएका जीवन पराजुलीले यसै भिडियोमार्फत निर्देशन क्षेत्रमा औपचारिक प्रवेश गर्नुभएको हो । उहाँको निर्देशन यात्राको सुरुवाती प्रयासका रूपमा सार्वजनिक भएको ‘यसरी यसरी’ले सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको निर्माण पक्षले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार