काठमाडौं,
जेठ १२ ।
विदुर खड्काको शब्द रचना रहेको गीत ‘चौतारीको डिलैमा’ सार्वजनिक गरिएको छ । गीतमा सरोज प्याकुरेलको संगीत तथा कृष्ण काफ्लेको स्वर रहेको छ । त्यसैगरी संगीत संयोजन मनोहर सुनामले गर्नुभएको छ भने मिक्सिङ तथा मास्टरिङ भोला पौडेलको छ ।
गीतको भिडियोमा सन्दीपबाबु लोहनी, रचना सिवाकोटी तथा मोती सुवेदीको अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन प्रकाश खड्काले गर्नुभएको हो भने शृंगार संगीता चन्द ठकुरीको छ । गीतको कोरियोग्राफी देवेन्द्र कुँवरले गर्नुभएको हो । भिडियोको परिकल्पनाकारमा संगीतकार सरोज प्याकुरेल हुनुहुन्छ ।
भिडियोमा चौताराको डिलमा दैनिक बस्ने एक युवतीलाई देखेर एक युवक आकर्षित हुने कथा प्रस्तुत गरिएको छ । युवकले युवतीसँग विवाहसम्मको कल्पना गरे पनि आफ्नो मनको कुरा व्यक्त गर्न नसक्ने अवस्थालाई गीतमा चित्रण गरिएको गीतकार विदुर खड्काले बताउनुभयो ।






