काठमाडौं,
जेठ ४ ।
फाल्गुनन्द लिङदेन फिल्मस् प्रालिको आयोजनामा अमेरिकामा सातौं संस्करणको ‘एफएलएफ अवार्ड’को मनोनयन सार्वजनिक गरिएको छ । भाषा सस्कृतिमा निर्माण भएका चलचित्र र म्युजिक भिडियोहरुको सहभागिता रहने यो अवार्डमा अंकित शर्मा, विनोद शेरेङ, आशिष लिङ्देन, याशेली योङहाङ र वसन्ती राई निर्णायक हुनुहुन्छ ।
आयोजकले अवार्डमा मनोनयनमा परेका कलाकारहरूको नाम पनि सार्वजनिक गरेको छ । जस अनुसार नायकमा रोहित रुम्बा, सोम लामा, रुद्र पाहिम, उमेश गुरुङ, नायिकामा लक्ष्मी योङहाङ, विमला खाजुम, निश्मा जिमी, बिपना आङबुहाङ, पुष्पाञ्जली लिम्बु मनोनयनमा पर्नुभएको छ ।
त्यस्तै, गायनमा भीम मगर, जेपी नेम्वाङ, शम्भु फोम्बो, डिआर हाङसरुम्बा, मिरा फियाक, निरन्ता नेम्वाङ, मनु नेम्वाङ, एन्जिला नेम्वाङ, राजकुमार लिङदेन, पुर्ण सेलिङ, नन्दु तुम्बापो मनोनयनमा हुनुहुन्छ ।
यस्तै, निर्देशनमा सागर केरुङ, दीपक तामाङ, द्वन्द्वमा पुन्य ओझा, बाबु तामाङ, नृत्यमा दिनेश माङमु, जनक कार्की, एन्जल तामाङ मनोनयनमा हुनुहुन्छ । चलचित्रमा भने नाकछुङ, तङसिङ, चे आदि मनोनयनमा परेका छन् ।






