गीता खत्रीको शब्द रचनामा ‘मायाको डोरीले मलाई’ (भिडियोसहित)

काठमाडौं,
जेठ २ ।

गीतकार गीता खत्रीको शब्द रचना रहेको गीत ‘मायाको डोरीले मलाई’ सार्वजनिक गरिएको छ । शम्भूजित बास्कोटाको संगीत, रचना रिमालको स्वर र दिक्षित पौडेलको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियोमा दिक्पाल कार्की र सुरक्षा इट्नीको अभिनय छ । भिडियोको निर्देशन कृष्णदेव रुपाखेती, छायांकन उत्सव दाहालको रहेको छ भने भिडियोको दृश्य सम्पादन मीन रावलले गर्नुभएको छ । गीतको भिडियो भकारी म्युजिक डेभलपमेन्ट कम्पनीको आधिकारिक युट्युब च्यानल ‘बेस्ट टोन म्युजिक’मार्फत सार्वजनिक गरिएको हो ।

तीन दशकभन्दा लामो समयदेखि गीत–संगीत तथा साहित्य क्षेत्रमा सक्रिय गीतकार खत्रीका ‘स्वीकृति’, ‘त्रिवेणी’ र ‘यात्री’ लगायतका एल्बम प्रकाशित भइसकेका छन् । उहाँका दर्जनौं गीत रेकर्ड भइसकेका छन् भने कथा, कविता, नियात्रा, उपन्यास र गीत विधामासमेत कलम चलाउँदै आउनुभएको छ ।

रामगीता वाङ्मय मन्दिरकी अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी पूर्वअध्यक्षसमेत रहनुभएकी खत्री विभिन्न सामाजिक संघसंस्थामा पनि सक्रिय रहँदै आउनुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार