जेठ ४ देखि प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल

काठमाडौं,
जेठ १ ।

प्रतिनिधिसभाको बिहीबारको दोस्रो बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबाट प्रस्तुत आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (कर प्रस्तावबाहेक)माथि छलफलका लागि आगामी जेठ ४, ५ र ६ गतेका दिनहरू तोकिएको छ ।

सभामुख डोलप्रसाद अर्यालले उक्त प्रस्तावमाथिको छलफलका लागि दलीय प्रतिनिधित्वका आधारमा ती दिनहरू तोक्नुभएको हो ।

सभामुख अर्यालले छलफलमा भाग लिने सदस्यले जेठ ४ गतेको बैठकको एक घण्टा अगाडि कार्यव्यवस्था परामर्श समितिमा बुझाउन समय दिनुभएको छ ।

सभामुख अर्यालले उक्त छलफलको टिपोट गर्न अर्थ मन्त्रालय र सभाका सचिवालयका कर्मचारीलाई निर्देशन दिनुभएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ४ गते सोमबार बिहान ११ बजे बस्दैछ ।

यसमा तपाइको मत

अन्य समाचार