राष्ट्रपतिबाट वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौं,
वैशाख २२ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपतिले वैशाख २८ गते दिउँसो २ बजेका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानका लागि सिफारिस गरेपछि सोही आधारमा राष्ट्रपतिबाट अधिवेशन आह्वान गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार