भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौं,
वैशाख १८ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदैछ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ ।

यस पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ । यसैकारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ । किरात समुदायका विभिन्न सम्प्रदायबीच साकेला नाच पनि नाचिन्छ ।

यसमा तपाइको मत

अन्य समाचार