युवराजको स्वरमा ‘दिल जलाउनेसँग’ (भिडियोसहित)

काठमाडौं,
वैशाख १७ ।

युवराज चौलागाईंको स्वरमा रहेको गीत ‘दिल जलाउनेसँग’ सार्वजनिक भएको छ । रमेश क्षेत्री र प्रजन बस्नेतको शब्दरचना र ऋषि खड्काको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीत आफ्नै मान्छेको बदनाम गर्ने र इज्जत नदिने व्यक्तिसँग जिन्दगी कटाउन नसकिने यथार्थको केन्द्र वरिपरि घुमेको छ । गीतले जतिसुकै माया र सम्मान दिए पनि त्यसको महत्त्व नबुझ्ने सँगसँगै जिउन नसकिने सन्देश दिने प्रयास गरेको छ । अञ्जली अधिकारी र रमेश क्षेत्रीको अभिनय रहेको भिडियो रमेश स्वयंले निर्देशन गर्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार