काठमाडौं,
वैशाख ११ ।
‘फेन्टासी कमेडी ड्रामा’ जनरामा बनेको चलचित्र ‘लाइफ ड्यामेज’मा समावेश ‘ब्युटीफूलम’ बोलको गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उक्त गीतमो भिडियो सार्वजनिक गरिएको हो ।
डान्सिङ नम्बरको यस गीतमा एसडी योगी को संगीत, आदर्श सुशीलको शब्द रचना रहेको छ । गीतमा एसडी योगी र रेश्मा पुनको स्वर सुन्न सकिन्छ भने भिडियोको कोरियोग्राफी किरण थापाले गर्नुभएको हो ।
https://youtu.be/NzufHit8RBU?si=TzUpUZRqOcODtBhN
केही वर्षयता कन्टेन्ट क्रियटरका रूपमा परिचित निमेष श्रेष्ठले यस चलचित्रमार्फत निर्देशनमा डेब्यु गर्नुभएको हो । उहाँले अभिनेत्री सुरक्षा पन्तसँग स्क्रिन सेयरसमेत गर्नुभएको छ । गीतको भिडियो फन रिभोलुसनको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो । फन रिभोलुसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रममा सुरक्षा र निमेषसहित ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनीशजंग थापा, अजय पन्त, सविन बास्तोला, निरु खड्कालगायत कलाकारको अभिनय छ ।
चलचित्रको कथा निमेष श्रेष्ठ, ईशा थापा र अभिषेक खरेलले संयुक्तरूपमा लेख्नुभएको हो । निर्देशक श्रेष्ठले ‘लाइफ ड्यामेज’ दर्शकका लागि मनोरञ्जनात्मक र फरक स्वादको चलचित्र हुने बताउनुभएको छ । गीत सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले चलचित्रले दर्शकको मन जित्ने विश्वास व्यक्त गर्नुभयो । अभिनेत्री सुरक्षा पन्तले चलचित्रको कथा मन परेकाले आफूले काम गरेको सुनाउनुभयो ।
चलचित्रमा प्रवीण खड्काको छायांकन र बिकेन कार्कीको सम्पादन छ भने देशव्यापी वितरणको जिम्मा बटरफ्लाई फिल्मस्ले लिएको छ । यो चलचित्र आगामी जेठ १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।
https://www.youtube.com/watch?v=NzufHit8RBU






