अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौं,
वैशाख ७ ।

वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइँदैछ । वैशाख शुक्ल तृतीयाको दिन गरिने दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले यस दिनलाई अक्षय तृतीया भनिएको हो ।

अपूर्व पुण्य प्राप्त गर्ने दिन अक्षय तृतीया । शिव-पार्वतीको विवाह भएको दिन । ईश्वरको आवेश अवतार परशुराम जयन्ती । त्रेतायुग आरम्भको दिन । हिन्दू धर्मसंस्कृतिको विशेष पर्व । वैशाख शुक्ल तृतीया तिथिमा पर्ने यो पर्वमा गरिएका हरेक पुण्यकर्मले पनि अक्षय पुण्य प्राप्ति हुने जनविश्वास छ । यस दिन धेरथोर दिइएको दानले अक्षय फल प्राप्त हुने, ब्रह्मा, विष्णु, शिव प्रसन्न रहने हुन्छ भनिएको छ ।

हिन्दुशास्त्रहरूका अनुसार वर्षभरीमा धेरै विशेष योगहरू पर्छन् । तीमध्ये एउटा महायोग हो अक्षय तृतीया । यो महायोग वर्षमा केवल एक पटक मात्र पर्दछ ।

ज्योतिषहरूका अनुसार यस दिनमा गरिएका सबै सत्कर्महरूको अक्षय पुण्य प्राप्त हुन्छ । वर्षको सबभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई ‘बिघ्नविनाशक दिन’ पनि भनिन्छ ।

यसमा तपाइको मत

अन्य समाचार