नायिका सानिया खानद्वारा ‘स्काइ डान्स स्टुडियो’ सञ्चालनमा

काठमाडौं,
वैशाख ३ ।
बनस्थलीस्थित नागार्जुन-१, बिजुली चोकमा नायिका सानिया खानद्वारा स्थापना गरिएको ‘स्काइ डान्स स्टुडियो’को एक विशेष कार्यक्रमबीच उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा वरिष्ठ अभिनेता रविन्द्र खड्का, उत्तम केसी, राजेन्द्र केसी, नायक सबिन श्रेष्ठ, निर्देशक तथा पत्रकार लक्ष्मण सुवेदी,  लगायत कलाकार संघका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

नयाँ पुस्ताका प्रतिभाशाली नृत्य तथा कलाकार उत्पादन गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको स्टुडियोले काठमाडौंका नृत्यप्रेमीहरूका लागि नयाँ गन्तव्य थप्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

यस स्टुडियोमा आधुनिक सुविधासहित विभिन्न विधाका नृत्य प्रशिक्षण प्रदान गरिने जनाइएको छ । नृत्यमा रुचि राख्ने तथा व्यावसायिक रूपमा करियर बनाउन चाहनेहरूका लागि ‘स्काइ डान्स स्टुडियो’ उपयुक्त थलो बन्न सक्ने अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार