भदौ १२मा चलचित्र ‘जदौ’

काठमाडौं,
वैशाख २ ।

चलचित्र ‘जदौ’ भदौ १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । अन्तरजातीय प्रेमसम्बन्धको कथामा निर्माण भएको चलचित्रलाई अन्जन शर्मा र काजी लिम्बूले संयुक्त रूपमा निर्देशन गर्नुभएको हो ।

चलचित्र मुकुन भुसाल, रीचा शर्मा, नीति शाह, प्रभात पाल ठकुरी, राजश्री थापा, रामराजा सुवेदी, सुमित्रा देवकोटा, नारायण शास्त्री, अर्जुन खड्का र गोकुल केसी सहनिर्माता रहेको यस चलचित्रमा खड्गबहादुर पुन, विनोद न्यौपाने, सन्ध्या श्रेष्ठ, सिपी पुडासैनी, विशाल पहाडी, सुन्दर धिताल, नरेश पौडेल लगायतका कलाकारहरूले पनि अभिनय छ । चलचित्रमा श्याम तामाङको छायांकन छ भने निर्देशक काजी स्वयंको लेखन रहेको छ ।

यो मितिमा अरु दुई चलचित्र ‘बेहुली’ र ‘पार्वती’ पनि प्रदर्शन हुँदैछन् ।

यसमा तपाइको मत

अन्य समाचार