काठमाडौं,
वैशाख २ ।
चलचित्र ‘रत्यौली’ निर्माणको घोषणा गरिएको छ । चलचित्रमा पूजा शर्मा र विजय बराल मुख्य भूमिकामा रहनुहुनेछ । विजय र पूजाले पर्दामा पहिलोपटक काम गर्न लाग्नुभएको हो । मुस्कान ढकालको निर्देशनमा तयार हुने यो चलचित्रलाई सुरज आचार्यले निर्माण गर्दै हुनुहुन्छ ।
सार्वजनिक पोस्टरमा विजय र पूजा ‘रत्यौली’मा नाचिरहेको देखिन्छ । पूजाले दौरा सुरुवाल र नेपाली टोपी लगाउनुभएको छ । उहाँको ओठमा जुँगा देख्न सकिन्छ । विजयलाई रातो स्वीटर र पाइन्टमा देख्न सकिन्छ ।






