‘कार्की साइँला’को फर्स्ट लुक्स पोष्टर सार्वजनिक

काठमाडौं,
वैशाख २ ।

जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘कार्की साइँला’को पहिलो पोस्टरसँगै प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले नयाँ वर्षको अवसर पारेर आगामी साउन १ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो ।

सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार जितु नेपाललाई भरियाको रूपमा देखाइएको छ । उहाँले बोकेको डोकोको पहाडमा पाँचजना भरिया छन् ।

हास्य कलाकारका रुपमा परिचित जितुलाई यस चलचित्रका निर्देशक राजेन्द्र बस्नेतले भरियाको कथामा प्रस्तुत गर्नुभएको छ । धनकुटा, सुनसरीको बराहक्षेत्र, चतरालगायस्थानमा छायांकन गरिएको यो चलचित्रमा जितु नेपालसँगै प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल लगायतका कलाकारको अभिनय छ ।

यसमा तपाइको मत

अन्य समाचार