खेम र सपनाको स्वरमा ‘कति राम्री’ (भिडियोसहित)

काठमाडौं,
चैत २७ ।

खेम सेन्चुरी र सपना रोकाको स्वरमा रहेको गीत ‘कति राम्री’ सार्वजनिक गरिएको छ । उक्त गीत गायिका सपना रोकाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

रमेश परियारको शब्द रचना रहेको गीतमा नवीन परियारको संगीत छ । संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ एचबिएन किस्मतले गर्नुभएको हो भने रेकर्डिङ राज खड्काले गर्नुभएको छ ।

सार्वजनिक गीतको भिडियोमा अभिनेता पल शाह र मोडल साद्रिना ठकुरीको आकर्षक नृत्य तथा रोमान्टिक अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन तथा कोरियोग्राफी मौसम हिमालीले गर्नुभएको हो ।

भिडियोको छायांकन बुद्ध थापाले गर्नुभएको हो भने सम्पादन, कलर तथा ग्राफिक्स मनोज कार्कीले गर्नुभएको छ ।

रोमान्टिक भावनामा आधारित ‘कति राम्री’ गीत सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ । गीतको शब्द, संगीत तथा भिडियो प्रस्तुतिले प्रेमभावलाई कलात्मक ढंगले प्रस्तुत गरेको देखिन्छ ।

यसमा तपाइको मत

अन्य समाचार