काठमाडौं,
चैत २३ ।
एसएमके इन्टरप्राइजेज प्रालिको आयोजनामा ‘एनुअल डिस्ट्रिब्युटर मिट २०२६’ सम्पन्न भएको छ । नेपालमा प्रिमियम कस्मेटिक ब्रान्ड कलर एसेन्स र स्किन केयर ब्रान्ड नेचर्स एसेन्सको आधिकारिक विक्रेता कम्पनीद्वारा आयोजित कार्यक्रममा देशभरका ३७ जना वितरकहरूको सहभागिता रहेको थियो । कार्यक्रममा कम्पनीको प्रगति समीक्षा, उत्कृष्ट वितरक तथा कर्मचारीलाई सम्मान र नयाँ उत्पादन सार्वजनिक गरिएको थियो ।
कार्यक्रमको उद्घाटन कम्पनीका अध्यक्ष विश्व के।सी। र सबैभन्दा पुराना वितरक लक्ष्मी श्रेष्ठले संयुक्तरूपमा दीप प्रज्ज्वलन गरी गर्नुभएको थियो । उद्घाटनपश्चात् सहभागी वितरकहरूलाई खादा ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै कम्पनीका निर्देशक मणिकर्ण केसीले आगामी वर्ष कम्पनीलाई थप उचाइमा पुर्याउने लक्ष्य रहेको बताउनुभयो ।
त्यसैगरी, कन्ट्री म्यानेजर रमेश उप्रेतीले कम्पनीको वार्षिक उपलब्धि, बिक्री विवरण तथा समग्र प्रगतिको प्रस्तुति दिनुभएको थियो । सोही अवसरमा अध्यक्ष विश्व केसी, निर्देशक केसी र कन्ट्री म्यानेजर उप्रेतीले संयुक्तरूपमा कलर एसेन्सको नयाँ स्किन केयर उत्पादन ‘ब्राइट एन्ड लाइट सनस्क्रिन’ सार्वजनिक गर्नुभएको थियो । कम्पनीका अनुसार उक्त उत्पादनले छालालाई भित्रैदेखि हाइड्रेट गरी प्राकृतिक चमक प्रदान गर्नेछ ।
कार्यक्रममा वितरकहरूको जिज्ञासा समाधान तथा अनुभव आदान(प्रदानका लागि अन्तर्क्रिया सत्रसमेत सञ्चालन गरिएको थियो । वर्षभरि उत्कृष्ट योगदान पुर्याउने कर्मचारी तथा वितरकलाई विशेष सम्मान गरिएको कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा(प्रतिष्ठान का उपकुलपति तथा वरिष्ठ गायक शम्भु राई र कार्यक्रमका सभापति विश्व केसीले संयुक्तरूपमा ‘बेस्ट स्टाफ अफ द इयर’ अन्तर्गत चारजना टीएसआई र दुईजना टीएसओ तथा ‘वेष्ट डिस्ट्रिब्युटर अफ द इयर’अन्तर्गत तीनजना उत्कृष्ट वितरकलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
कार्यक्रमका सभापति विश्व केसीले कम्पनीको भावी योजना, बजारको अवस्था र आगामी रणनीतिबारे धारणा राख्दै औपचारिक सत्रको समापन गर्नुभएको थियो । सञ्चालक जीवन पराजुलीले सहजीकरण गरेको कार्यक्रमको अन्त्यमा सांगीतिक प्रस्तुति राखिएको थियो । सांगीतिक कार्यक्रममा गायक शम्भु राई र गायिका बिन्दु परियारले आफ्ना चर्चित तथा लोकप्रिय गीतहरू प्रस्तुत गर्दै उपस्थित अतिथि तथा वितरकलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो ।






