कन्हैया र अन्जनाको स्वरमा ‘मुखिया राजा’ (भिडियोसहित)

काठमाडौं,
चैत १८ ।

गायक कन्हैया सिंह परियार र अन्जना गुरुङको स्वरमा रहेको गीत ‘मुखिया राजा’ सार्वजनिक गरिएको छ । भीष्मराज फुलाराको शब्द रचना, राजेन्द्र बजगाईंको सङ्गीत र मनोज परियारको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा सामुहिक स्वर प्रमोद डिजी, रिस्ता थापा र सृजना देवकोटाको छ ।

सुनिल बिकको निर्देशन रहेको गीतको भिडियोमा प्रदीप लामा र अपेक्षा सिंहको अभिनय देख्न सकिन्छ । पवन सुस्लिङको छायांकन रहेको भिडियोमा सुप्रीम पराजुलीको सम्पादन छ ।

धन्यबाद ज्ञापन गिता परियार,अनुप सिंह,लम्ली गुरुङ,टिका गोपाल डिजिटल र एम डट क्रीयसनलाई दिइएको छ । गीतको भिडियो कन्हैया सिंह परियारको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार