वरिष्ठतम न्यायाधीश मल्ल कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा

काठमाडौं,
चैत १८ ।

सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीशका रूपमा बुधबारदेखि न्यायापालिकाको नेतृत्व सम्हाल्ने हुनुभएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले ६५ वर्षे उमेर हदका कारण अवकाश पाएपछि मल्लले वरिष्ठताका आधारमा स्वतः सर्वोच्च अदालतको नेतृत्व सम्हाल्ने हुनुभएको हो । कायममुकायमको जिम्मेवारी सम्हाल्ने मल्ल कानुन व्यवसायी पृष्ठभूमिकी हुनुहुन्छ ।

भावी प्रधान न्यायाधीशका लागि न्याय परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाँल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार