काठमाडौं,
चैत १८ ।
चलचित्र ‘एक मुठी बादल’को गीत सार्वजनिक गरिएको छ । ‘रेल घुम्यो घुम्तिमा’ बोलको गीत निर्माणपक्षले सार्वजनिक गरेको हो । गीतमा हर्क साउदको शब्द रचना रहेको छ भने संगीत सुमित पाठकको छ । स्वर मीना पोखरेल, इन्द्रकला राईको स्वर छ । गीतको भिडियोमा चलचित्रकी मुख्य कलाकार आँचल शर्मा, उषा रजकलगायत कलाकारको नृत्य छ ।
जेठ १ मा प्रदर्शनमा आउने मिति तय गरेको यो चलचित्रले तीन पुस्तादेखिको भावनात्मक उतारचढावलाई प्रस्तुत गर्नेछ । चलचित्रले द्रुत गतिमा परिवर्तनशील नेपाली समाजको पृष्ठभूमिमा परिवारका सदस्यबिचको अपेक्षा, त्याग र व्यक्तिगत आकांक्षालाई प्रस्तुत गर्नेछ ।
चलचित्रमा सहारा शर्माको लेखन तथा निर्देशन छ ।
चलचित्रलाई अभिमन्यु दीक्षितले निर्माण गर्नुभएको हो भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा हुनुहुन्छ । निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्यराज तिमल्सेना र अनुप पौडेल रहनुभएको छ ।
चलचित्रमा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भीमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईं, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारीलगायत कलाकारको अभिनय छ ।






