‘लालीबजार’को नयाँ पोष्टरमा स्वस्तिमा खड्का र विशाल देवकोटा

काठमाडौं,
चैत १८ ।

चलचित्र ‘लालीबजार’को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । नयाँ पोष्टरमा अभिनेत्री स्वस्तिमा खड्कासँगै डेब्यु अभिनेता विशाल देवकोटा देखिनुभएको छ । निर्माण पक्षले सार्वजनिक गरेको नयाँ पोष्टरमा स्वस्तिमा र विशाललाई जोडीको रुपमा प्रस्तुत गरेको छ ।

वैशाख १८ गतेदेखि प्रदर्शन हुने यस चलचित्रमा स्वस्तिमा र विशालसँगै रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरीलगायतका कलाकारको अभिनय छ ।

यम थापाको कथा तथा निर्देशनमा तयार भएको ‘लालीबजार’को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्तरूपमा तयार पार्नुभएको हो । चलचित्रमा कार्यकारी निर्माता प्रदीप भट्टराई रहनुभएको छ भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार