‘यानीमाया’को फष्टलुक पोष्टरमा पल र अञ्जना

काठमाडौं,
चैत १५ ।

अभिनेता पल शाह चलचित्र ‘यानीमायाः रिदम अफ लभ’मार्फत निर्माता बन्न लाग्नुभएको छ । चन्द्र ज्योति आलेसँग मिलेर निर्माण हुनलागेको यो चलचित्रको छायांकन जेठ १ गतेदेखि सुरु हुने जनाइएको छ ।

छायांकनअघि निर्माणपक्षले चलचित्र ‘यानीमाया’को फष्टलुक सार्वजनिक गरेको छ, जसमा पल शाह र अञ्जना मगर प्रेमिल शैलीमा देखिनुभएको छ । पोष्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले तयार पार्नुभएको हो ।

चलचित्रको निर्देशन ओम प्रतिकले गर्नुहुनेछ, जसले यसअघि ‘मोहर’ निर्देशन गर्नुभएको थियो । प्रेमकथामा आधारित चलचित्रमा पल र ओमले पुनः सहकार्य गर्नुभएको हो ।

यसमा तपाइको मत

अन्य समाचार