लघुकथासंग्रह ‘पानीको अर्थ’ लोकार्पण

काठमाडौं,
चैत १३ ।

साहित्यकार भागीरथीको लघुकथासंग्रह ‘पानीको अर्थ’ लोकार्पण गरिएको छ । लघुकथा समाज नेपाललेको आयोजनमा काठमाडौंमा एक विशेष कार्यक्रमबीच उक्त कृतिको लोकार्पण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि प्राडा.दयाराम श्रेष्ठलगायतले कृति लोकार्पण गर्नुभएको थियो ।

उक्त अवसरमा प्रमुख अतिथि डा.श्रेष्ठले आफ्नो धारणा राख्दै लघुकथा लेखनमा संरचनागत शुद्धता हुनुपर्नेमा बताउनुभयो । डा.दीनबन्धु शर्माले लोकार्पित लघुकथासंग्रह ‘पानीको अर्थ’को समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । सांकेतिक प्रभाव र दार्शनिक दृष्टिकोणले उहाँका लघुकथाहरू उत्कृष्ट भएको बताउनुभयो ।

त्यस्तै डा.हरिप्रसाद भण्डारीले ‘पानीको अर्थ’का लघुकथाहरूको प्रवृत्तिगत चर्चा गर्नुभएको थियो । उहाँका लघुकथाहरूले विकृति, विसंगति, राजनीति र देशको अवस्थामाथि तीखो व्यंग्य गरेको बताउनुभयो ।

स्रष्टा समाज नेपालका अध्यक्ष तथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले उक्त लघुकथासंग्रहले भागीरथी श्रेष्ठको उचाइ अझ उठाएको धारणा राख्नुभयो । लघुकथाकार श्रेष्ठले आफ्नो लघुकथा लेखनका विषयमा भनाइ राख्दै पाठकको मायाले यो कृति प्रकाशनमा आएको सुनाउनुभयो । लघुकथा समाज नेपालका तारा केसीले सञ्चालन गरेको कार्यक्रममा केशव पराजुली, तुलसीहरि कोइराला, पद्मावती सिंह, जलेश्वरी श्रेष्ठलगायतले आ–आफ्ना भनाइ राख्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार