चैत्र शुक्ल अष्टमी : आज चैते दशैँ

काठमाडौं,
चैत १२ ।

आज चैत शुक्ल अष्टमी, अर्थात् चैते दशैँ । देवीको पूजा उपासना गर्दै यो पर्व मनाइँदै छ । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रूपमा लिइने दशैँ हिन्दू धर्मावलम्बीहरूले वर्षमा दुईपटक मनाउने गर्दछन् । असोज-कात्तिकमा मनाइने दशैँलाई बडादशैँको रूपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाइने दशैँलाई चैते दशैँ भनिन्छ ।

वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्छन् ।

आज घरघरमा तथा देवीका मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ । वर्षको दुईपटक चैत र असोजमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको शास्त्रमा वर्णित छ । चैते दशैँका दिन काठमाडौंको भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरूमा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ ।

यसमा तपाइको मत

अन्य समाचार