काठमाडौं,
चैत १० ।
तामाङ सेलो गीतसंगीतमा पृथक पहिचान बनाएका गायक निमा पाख्रिन लामाको शब्द, संगीत र स्वरमा नयाँ गीत ‘रुमाल साटौंन’ को भिडियो सार्वजनिक भएको छ ।
प्राकृतिक सुन्दरताले भरिएको रमणिय स्थानमा छायांकन गरिएको भिडियोमा अजय थिङ, रश्मिला तामाङ, छिरिङ थिङ लगायतको अभिनय रहेको छ भने एरेन्ज महाराज थापा, छायांकन दुर्गा श्रेष्ठ, सम्पादन अमृत चापागाईं, निर्देशन प्रतिक न्गेस्युरको रहेको छ ।






