यस्तो छ ‘हामी तीन भाइ’को ट्रेलर

काठमाडौं,
चैत ३ ।

मधुुसुधन भट्टराई निर्देशित चलचित्र ‘हामी तीन भाइ’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा तीन दाजुभाइको खटपटको वरिपरि कथा घुमेको छ ।

एउटा गाउँका तीन दाजुभाइ विनोद न्यौपाने, कुशल विष्ट र फलित राई एकदमै मिल्छन् । उनीहरूका बुवाआमाले तीन भाइ कहिल्यै नछुटिनु भनेर बितेका हुन्छन् । बुवाआमाको भनाइलाई आत्मसाथ गर्दै अगाडि बढेका तीनै भाइ खेतबारी बारीमा होस् या कुनै काम मिलेर गर्छन् । दाइले नकुटेको दिन किन आफूलाई दाइले कुटेनन् भनेर पनि गुनासो गर्छ ।

जब विनोदका भाइ कुशल र फलितले बिहे गर्छन् त्यसपछि उनीहरूको सम्बन्धमा दरार आउँछ । भाइहरू छुट्टिनका लागि अंश माग्न थाल्छन् । जब अंशको कुरा सुरु हुन्छ त्यसपछि तीन दाजुभाइबीचको सम्बन्धमा चिसोपना आउँछ ।

ट्रेलरमा चलचित्रका मुख्य कलाकार अटाएका छन् । चलचित्रलाई निर्देशक भट्टराईले कमेडी जनरामा मार्मिक कथा भन्न खोज्नुभएको छ ।
चलचित्रमा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल विष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाई, शुष्मा निरौला, यादव देवकोटा (सरापे), अन्जु हमाल, तारा शर्मा, पवन केसी, रमा विष्ट, विरेन श्रेष्ठ, शुष्मा जिम्बा, खिन्नबहादुर भण्डारी (भोले), गोविन्दप्रसाद पौडेल, भूमिका गिरी लगायतको अभिनय छ । साजित महत प्रस्तुतकर्ता रहेको चलचित्रको पटकथा तथा सम्वाद शिवम् अधिकारीले लेख्नुभएको हो ।

शिव ढकालले खिचेको चलचित्रलाई बनिश शाहले सम्पादन गर्नुभएको हो । यो चलचित्र यही चैत १३ गतेबाट प्रदर्शनमा आउँदै छ ।

यसमा तपाइको मत

अन्य समाचार