‘परालको आगो’को फष्ट लुक्स पोष्टर सार्वजनिक

काठमाडौं,
फागुन १५ ।

चलचित्र ‘परालको आगो’को फष्ट लुक्स सार्वजनिक गरिएको छ । बिहीबार निर्माण टिमले चलचित्रको पहिलो पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति औपचारिक रूपमा घोषणा गरेको हो । चलचित्र आगामी वैशाख ११ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

चलचित्रको सार्वजनिक पोष्टरमा मुख्य कलाकार सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुत गम्भीर भावभंगिमामा देखिनुभएको छ । पोष्टरमा सुहानाको सिउँदोमा सिन्दुर र निधारमा टीका भए पनि अनुहारमा खुशी नदेखिएको भाव झल्किन्छ । यता, प्रकाश सपुत घुम ओढेर रसिला आँखा पार्नुभएको छ भने प्रकाश र सौगातको अनुहार पनि भावुक देखिन्छ । पोष्टरले चलचित्रको कथा रहस्यमय तथा सामाजिक द्वन्द्वमा आधारित रहेको संकेत गर्छ ।

लक्ष्मण सुनारको निर्देशनमा बनेको यस चलचिले ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध तथा समाजभित्र लुकेका मनोवैज्ञानिक र भावनात्मक संघर्षलाई उठान गर्नेअनुमान गरिएको छ । पोष्टरमा देखिएको आगोको झिल्को र अँध्यारो पृष्ठभूमिले ‘परालको आगो’ जस्तै सानो कारणले ठूलो परिणाम निम्त्याउने प्रतीकात्मक कथावस्तु प्रस्तुत गर्नसक्ने संकेत गर्दछ । चलचित्रमा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, बाल कलाकार मन्जिला बाँनिया लगायतको अभिनय छ ।

हरिओम सिने मेकर्स प्रा.लि. को निर्माणमा बनेको यस चलचित्रका निर्माता सुशील पोखरेल रहनुभएको छ । सुशील देवकोटाको लेखन रहेको चलचित्रमा छायांकन संकल्प भुजेलले गर्नुभएको छ भने नृत्य निर्देशन रामजी लामिछानेको छ । सम्पादन मिलन श्रेष्ठ, रंग संयोजन कनाल कँवरले गर्नुभएको छ । भिएफएक्स समिर मिया र सत्यम रानाले गर्नुभएको छ भने टिजर तथा ट्रेलर साहिल खानले तयार पार्नुभएको हो । मिक्सिङ मुकेश शाहले गर्नुभएको छ ।

निर्माण संयोजन नगेन्द्र घिमिरे, निर्माण नियन्त्रक ईश्वर घिमिरे रहनुभएको छ । पार्श्व संगीत किरण तुलाधर, शान्ति ठटाल, सत्य-स्वरुप र प्रकाश सपुतको रहेको छ भने गीतमा मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतका शब्द छन् । भेषभूषा डिजाइन सुजन परियार, शृंगार मदन न्यौपाने र केश विन्यास रोनिशा अधिकारीको छ । पोष्टर निर्माण आइडियल डिजाइनर्सले गरेको हो भने कला निर्देशन प्रतिक चौधरीको छ । मुख्य सहायक निर्देशक करणबहादुर साउद र सहनिर्मातामा सुलभी पोखरेल र सत्यम पोखरेल रहेको यो चलचित्रको वितरण आर फिल्मस्ले गर्नेछ भने ओएसआरले ओटीटी अधिकार लिएको छ ।

स्मरणीय छ, साहित्यकार गुरुप्रसाद मैनालीको ‘नासो’ कथासंग्रहमा समावेश ‘परालको आगो’ कथामा आधारित रहेर करिब ४५ वर्षअघि प्रताप सुब्बाले पनि सोही नाममा चलचित्र निर्देशन गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार