वसन्तपुरमा चीर ठड्याइएर होलीको औपचारिक शुभारम्भ

काठमाडौं,
फागुन १२ ।

काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएसँगै होलीको औपचारिक प्रारम्भ भएको छ । मंगलबार बिहान विधिवत् रूपमा चीर ठड्याएपछि यो वर्षको होली प्रारम्भ भएको हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिले चीर ठड्याउनको लागि आज उत्तम साइत रहेको निर्णयसँगै आज चिर ठडाइएको हो।
फागुन शुक्ल अष्टमीका दिन चीर ठड्याएसँगै राजधानी काठमाडौंलगायत मुलुकभर औंपचारिक रुपमा होली पर्व सुरु भएको मानिन्छ ।

वसन्तपुरस्थित हनुमानढोका दरबारको दक्षिण पटाङगिनी, ऐतिकासिक मोहनकाजी चोक तथा दाखचोकमा तीनखण्डे गजुरजस्तो देखिने रंगीविरङगी होलीचीर ठड्याइएको हो । चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाई गरिएको हो ।

यो वर्षको फागुपूर्णिमा फागुन १८ र १९ गते परेको छ । काठमाडौं उपत्यकालगायत पहाडी जिल्लामा अघिल्लो दिन र भोलिपल्ट तराई तथा भित्री मधेशमा फागुपूर्णिमा मनाइन्छ ।

धार्मिक मान्यतानुसार हिरण्यकश्यपुले छोरा प्रह्लादको बध गर्न आफ्नी बहिनी होलिकाको काखमा राखेर आगो लगाइदिएका थिए । तर, आगोले विष्णुका भक्त प्रल्हदाको सट्टा बहिनी होलिका नै भष्म भएकी थिइन् । प्रल्हादलाई आगोले छुन नसेकेको र होलिकाको मृत्युको खुशीयालीमा त्यो समयदेखि फागुपूर्णिमा मनाउने गरिएको धार्मिक मान्यता रहीआएको छ । मंगलबार गाडिएको चीर पूर्णिमाको रातमा टुँडिखेलपुर्‍याइ दाहगरेपछि होली समाप्त हुन्छ ।

वसन्त ऋतुको आगमनसँगै मनाइने भएकाले यस पर्वलाई वसन्तोत्सव वा मदनोत्सवका रूपमा लिइन्छ । आपसमा मैत्री एवम् सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र वसन्त राग गाउँदै नाच्दै अबिर लगाएर शुभकामना आदानप्रदान गरिन्छ ।

यसमा तपाइको मत

अन्य समाचार