‘आबाट आमा’ को कमाइ ११ करोड नाघ्यो

काठमाडौं,
फागुन १२ ।

चन्द्र पन्त निर्देशित चलचित्र ‘आबाट आमा’ ले बक्सअफिसमा ११ करोड ग्रस कलेक्सन गरेको छ । चलचित्रले गत शनिबारसम्म देशब्यापी कुल ११ करोड २४ लाख ६ हजार ९६९ रुपैयाँ ग्रस कमाइ गरेको हो ।

यो अवधिसम्म चलचित्रको चार लाख २३ हजार १११ वटा टिकट विक्री भएको छ । सिनेपाः बक्सअफिसले ९ फागुनसम्मको कमाइ सार्वजनिक गर्दा विपना थापा, प्रदीप रावत, पल शाह, सिम्रन पन्त, उषा उप्रेतीले बाँकी चलचित्रलाई पछि पारेको हो ।

त्यस्तै दिनेश राउत निर्देशित चलचित्र ‘कुमारी’ ले देशब्यापी ६३ लाख २४ हजार ७१ रुपैयाँ ग्रस व्यापार गरेको छ । यो अवधिमा यसका १९ हजार ३७९ वटा टिकट बिक्री भएको छ । यस्तै, सुदिप्ता अधिकारी निर्देशित ‘रमिताको पिरती’ ले २५ लाख ५५ हजार ८३ रुपैयाँ कमाइ गरेको छ । यसका ७८०३ वटा टिकट विक्री भएका छन् ।

यस बीचमा रिलिज स्थगित गरेका तीन चलचित्र ‘बिगुल’ ले आठ लाख ९७ हजार ४१० रुपैयाँ ग्रस कमाइ गरेको छ । यसका २६०९ वटा टिकट बिकेका छन् । ‘श्री बुकुरो’ ले दुई लाख ७२ हजार ९३० रुपैयाँ ग्रस कमाएको छ । यसका ८०५ वटा टिकट बिकेका छन् । ‘शिवांश’ ले दुई लाख ६१ हजार ७५० रुपैयाँ ग्रस कमाएको छ । यसका ७८७ वटा टिकट बिकेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार