‘अमेरिकामा माया’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
फागुन ६ ।

मेलिना राई र उत्तमजंग लिम्बुको स्वरमा रहेको गीत ‘अमेरिकामा माया’ सार्वजनिक गरिएको छ । नोबिन जेकेको शब्द रचना र संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

आधुनिक मेलोडी र समसामयिक भावनालाई समेटिएको गीतमा रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ भोला पौडेलले गर्नुभएको छ । निशान एसकेको निर्देशन रहेको गीतको भिडियोमा निशानसँगै कविता न्यौपानेको अभिनय छ । थमन तोदीको कोरियोग्राफी रहेको भिडियोमा दीपक गिरीको छायांकन र मिलन विश्वकर्माको सम्पादन छ ।

गीतले प्रेम र दूरीबीचको भावनात्मक सम्बन्धलाई आधुनिक संगीत र आकर्षक दृश्य संयोजनमार्फत प्रस्तुत गरेको छ । विदेशिएका नेपाली समुदाय र युवा पुस्तालाई लक्षित गर्दै गीत निर्माण गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार