पाँचौं संस्करणको स्पर्श म्युजिक भिडियो अवार्ड

काठमाडौं,
फागुन ४ ।

काठमाडौंमा आयोजित पाँचौं संस्करणको स्पर्श म्युजिक भिडियो अवार्ड-२०८२ मा अभिनेता धिरेन शाक्य लाई ‘टाइमलेस ह्यान्डसम सुपरस्टार’ उपाधिबाट सम्मानित गरिएको छ । काठमाडौंमा सम्पन्न अवार्डमा शाक्यद्वारा अभिनित चलचित्रका लोकप्रिय गीतहरूमा दिक्पाल कार्की, यसराज गराच र ऋचा थापा लगायतका कलाकारहरूले नृत्य प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा शाक्यको नेपाली दृश्य-मनोरञ्जन क्षेत्रमा रहेको दीर्घ योगदान र प्रभावको चर्चा गरिएको थियो ।

स्पर्श मिडिया एन्ड इन्टरटेन्मेन्ट, पेजेन्ट नेपाल इन्टरनेशनल र ब्राइट इभेन्टको आयोजनामा सम्पन्न समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी लाई ‘इन्टरटेन्मेन्ट किङ’ सम्मान प्रदान गरिएको थियो । गायक आनन्द कार्कीलाई ‘मेलोडी सम्मान’ तथा अभिनेत्री, निर्माता–निर्देशक रोशनी केसी लाई ‘चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरएिको थियो । समारोहमा अभिनेता गजित विष्टसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई समेत विशेष सम्मान प्रदान गरिएको थियो ।

पत्रकारिता तथा फेसन विधातर्फ मल्टिमिडिया जर्नालिस्ट अवार्ड सरिता भारतीले प्राप्त गर्नुभयो भने फेशन कोरियोग्राफर अफ द इयर अवार्ड अश्विनी कान्त झा लाई प्रदान गरिएको थियो ।

संगीत सिर्जनातर्फ उत्कृष्ट गीतकार (डायस्पोरा) अवार्ड ईशन ढकाल ले ‘पहिलो प्रेम’ का लागि, उत्कृष्ट गीतकार (आधुनिक) अवार्ड देवेन्द्र आचार्य लाई ‘सजाय काफी हुँदैन’ गीतका लागि प्रदान गरएिको थियो । लिरिकल म्युजिक भिडियो अवार्ड पारस मणि बराल लाई ‘के गर्ने के गर्ने’ का लागि, अन्तर्राष्ट्रिय संगीत संयोजक अवार्ड निशाद चन्द लाई प्रदान गरएिको थियो । उत्कृष्ट आधुनिक संगीतकार अवार्ड सुशील विश्वकर्मा ले ‘भुतुक्कै भएनी’ बाट तथा उत्कृष्ट संगीत निर्देशक अवार्ड दीपक तिरुवा ले ‘तिम्रै लागि’ बाट प्राप्त गर्नुभयो ।

गायनतर्फ उत्कृष्ट गायक (डायस्पोरा) अवार्ड निता आचार्यले प्राप्त गर्नुभयो भने लोक दोहोरीतर्फ प्रमोद शर्मा र शर्मिला बरदेवा ले ‘खै त मायाले कुरा बुझेको’ बाट अवार्ड जित्नुभयो । आधुनिक गीत गायिका अवार्ड माधवी अर्यालले ‘काफल गेडी’ बाट तथा आधुनिक गायक अवार्ड प्रचण्ड बाबु राईले ‘यो मायाले’ बाट प्राप्त गर्नुभयो । यस्तै, लोक पपतर्फ उत्कृष्ट गायक अवार्ड सुमन रेग्मीले ‘चिसो चिसो हावामा’ बाट र उत्कृष्ट गायिका अवार्ड मिलन अमात्यले ‘सुनसान रातमा-२’ बाट प्राप्त गर्नुभयो ।

म्युजिक भिडियोतर्फ उत्कृष्ट मोडल (पर्व गीत) अवार्ड योगेश भण्डारीले ‘दशैं आयो’ बाट, उत्कृष्ट मोडल (लोक दोहोरी) अवार्ड लोसिना लमिछानेले ‘आकाश का’ बाट प्राप्त गर्नुभयो । उत्कृष्ट आधुनिक महिला मोडल अवार्ड प्रिया रानी लामाले ‘विश्वासको घर’ बाट तथा आधुनिक पुरुष मोडल अवार्ड सुधीर श्रेष्ठले ‘काश्मिरे गम्छा’ बाट पाउनुभयो । पपतर्फ उत्कृष्ट महिला मोडल अवार्ड प्रिज्मा खतिवडाले ‘बेरंग’ बाट प्राप्त गर्नुभयो ।

नृत्य निर्देशन अवार्ड दिलिप ओखेडाले ‘पैसा चाहिन्छ’ बाट, भिडियो निर्देशन ज्यूरी अवार्ड सुब्रत आचार्यले ‘गाजलु ती ठूला ठूला आँखा’ बाट तथा उत्कृष्ट भिडियो निर्देशक अवार्ड सुनिल बीकेले ‘पुतली’ बाट प्राप्त गर्नुभयो ।

नयाँ प्रतिभा प्रोत्साहनअन्तर्गत पप डेब्यु (पुरुष मोडल) अवार्ड सुरेन्द्र दियालीले ‘सम्हालेर राखेको छु’ बाट तथा आधुनिक डेब्यु अवार्ड अनिमेष गुरुङ ले ‘ओ भावना’ बाट प्राप्त गर्नुभयो । उत्कृष्ट मोडल डेब्यु (महिला) अवार्ड आकृति बस्नेत, डेब्यु ज्यूरी (पुरुष) अवार्ड मनीष गौतम तथा डेब्यु महिला अवार्ड अन्विशा खड्गी लाई प्रदान गरएिको थियो । उत्कृष्ट प्रोडक्सन म्यानेजर अवार्ड निर्मल न्यौपानेले प्राप्त गर्नुभयो । उत्कृष्ट छायाँकार (डायस्पोरा) अवार्ड राजीव आचार्यले ‘पहिलो प्रेम’ बाट तथा उत्कृष्ट छायाँकार अवार्ड दिनेश पराजुली ले ‘लाहुरेले लैना केरे’ बाट प्राप्त गर्नुभयो । उत्कृष्ट सम्पादक अवार्ड राजुजंग बस्नेतले ‘सुनसान रातमा–२’ का लागि प्राप्त गर्नुयो ।

उत्कृष्ट बाल कलाकार (पुरुष) अवार्ड रिदम जटाल, उत्कृष्ट बाल कलाकार (महिला) अवार्ड परिना भण्डारी तथा आशावादी बाल कलाकार अवार्ड आहाना श्रेष्ठलाई प्रदान गरिएको थियो । कार्यक्रम सञ्चालन यसराज गराच, गोपाल ढकाल ‘छन्दे’ र बिना श्रेष्ठले गर्नुभएको समारोहमा विभिन्न कलाकारले आफ्ना प्रस्तुति दिएका थिए ।

यसमा तपाइको मत

अन्य समाचार