काठमाडौं,
फागुन ४ ।
चलचित्र ‘पहाड’ वैशाख १ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्देशक तुलसी घिमिरेको निर्देशन रहेको यो चलचित्रमा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसको सामाजिक तथा आर्थिक प्रभाव मुख्य विषय रहेको छ ।
चलचित्रमा निर्देशक घिमिरेले नयाँ र पुरानो पुस्तासँगको सहकार्य गर्नुभएको छ । ओजस्वी केसीले निर्माण गरेको चलचित्रलाई प्रमोद प्रधानले छायांकन गर्नुभएको हो ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठ, विपीन कार्की, सुनील थापा, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँलगायत कलाकारले अभिनय छ ।
निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै चलचित्रमार्फत अभिनेत्रीका रूपमा दर्शकसामु ल्याउँदै हुनुहुन्छ ।
चलचित्रमा रञ्जित गजमेरले संगीत दिनुभएको छ ।






